साहारा ईङ्लिश मिडियम बोर्डिङ्ग स्कुल बोटेचौरको १६ औँ वार्षिक उत्सव सम्पन्न

गुर्भाकोट नगरपालीका ९ बोटेचैर सिम्घाट्मा रहेको साहारा ईङ्लिश मिडियम बोर्डिङ्ग स्कुलले १६ औँ वार्षिक उत्सव मनाएको छ।उक्त कार्यक्रममा विद्यालयले नर्सरी कक्षा देखि सात र कक्षा नौ को वार्षिक परिक्षाफल प्रकासित गरेको छ। उतिर्ण हुने सम्पुर्न बिध्यार्थिलाई पुरस्कृत गरिएको छ। साथै बिध्यालयले हरेक हप्ताको शुक्रबार सन्चालन गरिएका अतिरिक्त क्रियाकलापको पुरस्कार पनि वितरण गरिएको थियो। कार्यक्रममा अतिथीहरुले विद्यालयको प्रगतिको सुवाकमाना व्यक्त गरेका थिए। सुभकामना मन्तब्य राख्ने क्रममा सुर्य ज्योती माबि मेहेलकुनाका शिक्षक डिल्ली खत्रीले बिध्यार्थीको उज्वल भबिस्यको लागि साहाराले अतिनै उधारनिय काम गर्दै आएको बताउनु भएको थियो भने गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का निबर्तमान वडा अध्यक्ष शशिराम भटराइले पनि शैक्षिक गुणस्तरमा शाहाराले अतिनैउदाहरणीय काम गर्दै आएको बताउनु भएको छ।साथै उहाँले बिध्यालयमा प्रस्तुत गरिएका बिभिन्न झाँकीहरु प्रदर्सन हुदा विद्यालयले नेपाली कला सस्कृतिको जगेर्ना हुने पनि बताउनु भएको छ।

यता गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा अधिकृत अनन्त खत्रीले बिधयालयको गुनस्तर र बालबालिकाको उत्कृष्ट नतिजाको लागि शिक्षक मात्र सक्रिय भएर नहुने भन्दै शिक्षकको भन्दा अबिभावकको अलि विशेष भुमिका हुने बताउनु भएको थियो ।

स्व. फत्यराम कंडेलको सम्झनामा छोरा भानु कडेलले बिध्यालयमा अक्षय कोषको व्यवस्था गर्नु भएको छ। साथै गरिबी र निमुखा बिध्यार्थिका लागि धेरै उक्त अक्षय कोषले सहयोग वताइएको छ। बिध्यालयलाइ सहयोग गरे बापत बिध्यालयले भानु कडेललाइ सम्मान समेत गरेको थियो। कार्यक्रम सहजिकर बिध्यालयको सिक्षिका अन्जना खत्रीले गर्नु भएको थियो।