सिन्धुपाल्चोकका १७९ घर बाढिपिडीतहरुलाई जग्गा उपलब्ध गराउने तयारी

२०७८ असार १ गते सिन्धुपाल्चोकमा गएको बाढीका कारण प्रभावित भएका १७९ घर परिवारलाई जग्गा उपलब्ध गराउने तयारी गरिएको छ । २०७८ असार १ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा भिषण बाढी आएपछी सो क्षेत्रका एक सय ७९ परिवार प्रभावित भएका थिए । पहिलो चरणमा बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराउनका लागि उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ ।

अन्य १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था रहेको गाँउपालिकाले जनाएको छ । हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ । पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख दिने तयारी गरिएको छ ।