विश्व हिन्दु महासंघको आठौं महाधिवेशन सम्पन्न, अध्यक्षमा डा.रामचन्द्र अधिकारी

विश्व हिन्दु महासंघकाे आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले डा.रामचन्द्र अधिकारीको नेतृत्वमा कमिटी निर्वावाचित भएको छ ।
विश्व हिन्दु महासंघ नेपालको बुधबार बुटवलमा आठौं महाधिवेशन भएको थियो । अधिवेशनले पुनः अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको सहअध्यक्षमा शंकर खराल निर्वाचित हुनु भएको छ । उपाध्यक्ष पदमा यज्ञप्रसाद ओली (कोशी), ज्योत्सना साउद (मधेश), दिनेशकुमार सिंजापति (उपत्यका), प्रविण घिमिरे (वागमती), पार्वता पौडेल, मुक्तिराम अधिकारी (गण्डकी), वेनबहादुर पौडेल क्षेत्री (लुम्बिनी), ऋषिकेशजंग शाह (कणर्ाली) र राजप्रसाद जोशी (सुदुरपश्चिम) निर्वाचित भएका छन् ।

त्यस्तै महासचिव पदमा रामचन्द्र तिवारी निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा गिरिराज पाठक,सहकोषाध्यक्ष अरुणकुमार श्रेष्ठ र सीता घिमिरे, सचिव पदमा पुनाराम पोखरेल, प्रेमप्रकाश खड्का, नेत्रनाथ पौडेल र राधा गिरी पण्डित त्यस्तै कार्यसमिति सदस्य पदमा ७१ जना सर्वसम्मत महाधिवेशनबाट निर्वाचित भएका छन् ।