
रुकुममा जंगलमा सिस्नु टिप्न गएका दुई दिदी-बहिनी मृत अवस्थामा फेला परेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मामा दिदी-बहिनी मृत फेला परेका हुन् । बुधबार साँझ सिस्नु टिप्ने भन्दै घरबाट निस्केका उनिहरु राती सम्म पनी घर नर्फकिएपछी उनिहरुको स्थानियले प्रहरीमा खवर गर्नुको साथै खोजी समेत सुरु गरेका थिए ।

तारामान बुढाका दुई छोरी ११ वर्षीया रीना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर मृत फेला परेकाे स्थानिय प्रत्यक्ष दर्शीले बताएका छन्
घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । प्रारम्भिक जानकारी अनुसार दुई बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको जनाएको छ ।
