सेती नदीमा हाम फालेका विश्वबहादुर गुरुङको शव फेला

सेती नदीमा हाम फालेका विश्वबहादुर गुरुङको शव फेला परेको छ । उनि माघ ९ गतेदेखि बेपत्ता सेती नदीमा हामफलेर बेपत्ता भएका थिए । मृतक गुरुङ्ग कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्दै आइ रहेको थिए । उनको उमेर ४४ बर्षको रहेको प्रहरीले जनाएको छ । मंगलबार केआई सिंह पुलबाट हाम फालेपछि उनको खोजी कार्य गर्ने क्रममा शव भेटिएको प्रहरीले जनाएको छ । गुरुङ्गको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको थियो ।