धनुषामा ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यू

धनुषामा ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यू भएको छ । धनुषाको मिथिला नगरपालिका-३ हरिहरपुरका मोटरसाइकल चालक २२ वर्षीय युवराज महतोको मृत्यू भएको प्रहरी जनाएको छ ।

बुधबार साँझ हरिहरपुरस्थित पूर्वपश्चिम राजमार्गको औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१-०२-००१ ख ८७७३ नम्बरको ट्रक र प्रदेश २-०२-००२ प ८३०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्कीएका थिए ।

घटना लगत्तै प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेर राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।