दोलखामा सडेगलेको अवस्थामा भेटियो मानव कङ्काल

दोलखाको कालिञ्चोकमा सडेगलेको अवस्थामा मानव कंकाल भेटिएको छ । कालिन्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको हो । शव पुरै सडेगलेको अवस्थामा भेटिएको र कपडा र हड्डीका भागहरु मात्रै देखिएको अडा अध्यक्ष पदम बहादुर थामीले बताएका छन् । उक्त कंकाल मालिङ्गो काट्न जाने क्रममा मङगलबार दिउँसो करिब १ बजे स्थानियहरुले फेला पारेर प्रहरीलाई खवर गरेका थिए ।

कंकाल भेटिएपश्चात वडा अध्यक्ष थामीले विगु चौकी , सिङगटी चैकी र चरिकोट प्रहरी चौकीमा खबर गरेको बताएका छन् । सुचना पाए लगत्तै बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाएको प्रहरीले जनाएको छ । उक्त शवको पहिचान खुली नसकेको र घटनाको छानविन गरिरहेको प्रहरीले जनाएको छ ।