यात्रु बोकेर भाडा असुल्ने निजी सवारीलाई कारवाही गरिने

काठमाडौं । यात्रु बोकेर भाडा असुल्ने निजी सवारीलाई कारवाही गर्नका लागि गृह मन्त्रालयले मातहतका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले पत्र लेख्दै निजी गाडीलाई भाँडा असुलेर सवारी बोक्न रोक लगाउन माग गरेपछी परिपत्र लेख्दै भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको हो ।

अहिले बिषेश गरी काठमान्डौमा भाडा लिएर यात्रु बोक्ने निजी सवारी भनेका पठाओ र इन्ड्राइभर सहित राइड सेयर सेवा नमक सस्थाले संगठित रुपमै निजि सवारीमा यात्रु बोकिरहेका छन् ।
यदी यो परिपत्रअनुसार प्रशासन कार्यालयले एक्सन लिने हो भने यि कम्पनीहरुको ब्यावसाय धरापमा पर्ने देखिएको छ । अहिले एपको प्रयोगमार्फत निजी सवारीमा यात्रु बोक्ने काम पठाओ जस्ता राइड सेयर सेवप्रदायक कम्पनीले गरिरहेका छन् ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ मा एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्ने नपाइने व्यवस्था भएपनि विभिन्न स्थानहरुमा निजी सवारी साधनहरुले सार्वजनिक सरह सवारी सञ्चालन गरेको भन्दै यस्तो प्रकारको कार्य रोक्नका लागि महासंघले पत्राचार गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने रातो नम्बर प्लेटमा दर्ता भएर भाडामा यात्रु बोक्ने सवारीसाधनलाई रोक्न परिपत्र गरिएको बताएका छन् । उनले भने ‘विगतमा पनि यस्तो परिपत्र हुन्थ्यो’ उनले भने, ‘दर्ता भएका राइड सेवा दिनेहरुप्रति यो लक्षित गरिएको होइन, भाडाका यात्रु बोक्ने अन्य निजी चारपांग्रे सवारीलाई कारबाही गर्नका लागि यो परिपत्र गरिएको हो ।’