गुर्भाकाेट १२ मा जेष्ठ नागरिक सम्मान तथा सिलाई कटाई तालिम समापन

दिलिप ढकाल सुर्खेत,चैत २१ गुर्भाकोट नगरपालिकामा जेष्ठ नागरिक सम्मान तथा सिलाई कटाई तालिमको समापन गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान तथा ४५ दिने स्तरोन्नति सिलाई कटाई सिप बिकास सम्पन्न भएको हाे ।

गुर्भाकोट नगरपालिका वडा नम्बर १२ भित्रका २५२ जना मध्ये आज १३० जना जेष्ठ नागरिकलाई गर्मि मौसममा लामखुट्टेको टोकाई बाट बच्नको लागि एक थान झुल वितरण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तुलसी प्रसाद शर्माले जानकारी दिनु भयो । बाकि १२२ जनालाई भोलि झुल वितरण गरिने बताइएको छ ।

यता गत फागुन ७ गते देखि सुरु भएको ४५ दिने स्तरोन्नति सिलाई कटाई सिप बिकास तालिम सम्पन्न भएको छ। सिलाई कटाई तालिममा वडा भित्रका १० जना को सहभागिता रहेको थियो। सिलाई कटाई तालिम सिकेका १२ जनालाई प्रमाण पत्र सहित टिका लगाएर सम्मान गरिएको थियो। गुर्भाकोट नगरपालिका नगर उप-प्रमुख मैना बिक प्रमुख अतिथि,वडा अध्यक्ष तुलसी प्रसाद शर्माको अध्यक्षता,पूर्व अध्यक्ष प्रेम प्रकाश वलीको बिशेष आतिथ्यता तथा वडा सदस्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।