सुर्खेतबाट कालीकोटका जाँदै गरेको जिप दुर्घटनाका घाईते बोगटी मृत्यु

चैत २०, कालीकोट । सोमबार दिउँसो सुर्खेतबाट कालीकोटका लागि छुटेको क १ ज ५५ नम्बरको जीप दुर्घटनामा परि घाइते भएका १४ जना मध्ये १ जनाको मृत्यु भएको छ । उपचारका लागु लैजाने क्रममा घाइते भएका कालीकोटको नरहरीनाथ गाउँपालिका–७ का ३३ वर्षीय दुर्गबहादुर बोगटीको मृत्यु भएको हो ।

नेपाली सेनाको हेलिकोेप्टर मार्फत उपचारका लागि काठमाडौं पुर्‍याइएका अन्य ३ जनाको भने उपचार भइरहेको स्थानीय विरेन्द्र सहकारीले जानकारी दिए । घाइते ३ जना नरहरीनाथ गाउँपालिका वडा नम्बर–७ का ७/७ वर्षीय तीन जना बालबालिका रहेको छन् ।

उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पुर्याइएका भीषण बोगटी, प्रतिक्षा बटाला र बसन्त बुढाको राष्ट्रिय ट्रमा सेण्टरमा काठमाडौंमा उपचार भइरहेको छ ।

सोमबार दिउँसो कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका–१ डाबमा जीपको ब्रेक फेलई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ७ वर्षीय, भीषण बोगटी, ३३ वर्षीय, दुर्गबहादुर बोगटी, ७ वर्षीय प्रतिक्षा बटाला, १४ वर्षीय सरद बिष्ट, २० वर्षीय, मनिषा बोगटी, ५५ वर्षीय गोपीकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अहिल बुढा, ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीय, स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय, सुवास सहकारी र २४ वर्षीय धनबहादुर बटाला रहेका छन् ।

जीप चालक २४ वर्षीय धनबहादुर बटाला लगायत अन्य अन्य ९ जनाको मेडिकमा उपचार भइरहेको बताइएको छ । सुर्खेतमा अध्ययन गर्दै गरेका बालबालिकाहरुलाई परीक्षा सकेर कालीकोट ल्याउँदै गर्दा कर्णाली राजमार्गको दैलेखमा जीप गर्दा दुर्घटना भएको हो ।