हुम्लामा कार्यरत प्रहरीलाई लेख लाग्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी एक दिने तालिम

चैत २०, हुम्ला । हुम्लामा कार्यरत प्रहरीलाई लेख लाग्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी एक दिने तालिम दिइएको छ । हिमाली जिल्ला भएकाले कामको सिलसिलामा विभिन्न हिमाल चड्नुपर्ने हुँदा लेक लागेपछि यसबाट बच्ने उपाय र समाधान सम्बन्धी अनुशिक्षण तालिम दिइएको हो ।

हिमाल चढ्दा लेक लाग्ने भएकाले लेक लाग्दा अपनाउनुपर्ने सावधानी र यसको प्राथामिक उपचारका वारेमा जिल्ला अस्पतालका डाक्टर रोशन खनालले प्रशिक्षण दिएको हुम्लाका डिएसपी भीमलाल भट्टराईले बताए ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीसँगै यसका मातहतका ७२ जना सुरक्षाकर्मीलाई लेक लाग्दा देखिने लक्षण, यसबाट बच्ने उपाय, प्राथमिक उपचार र लेक लागेपछि तत्काल अपनाउनुपर्ने समाधानका उपाय सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अनुशिक्षण तालिम गराइएको हो । सो तालिम आइतबार जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न गरिएकोको थियो ।