कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भूभागको मौसम सामान्यतया सफा रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज देशको पहाडी भेगको मौसममा आंशिक बदली भई बाँकी पहाडी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सम्भावित क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।