सल्यानमा ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिबादी पक्राउ

चैत १९, सल्यान | सल्यानको कालिमाटी गाउँपालिकाबाट ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कालिमाटी गाउँपालिका १ लक्ष्मिपुर बस्ने बर्ष ६० वर्षीय दिल बहादुर थापालाई घरमा लुकिछिपि बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सल्यान बाट खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो ।

प्रहरीका अनुसार मिति २०६५ ।०५ ।२० गतेको फैसला आदेशले थापा माथि ज्यान मार्ने उद्योग मुद्दा ५ बर्ष कैद सजाय तोकिएको थियो ।

पक्राउ पश्चात फरार दिल बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको छ भनें भोली जिल्ला अदालतमा पेश गर्न बताइएको छ ।