हुम्लामा आगलागी हुँदा लाखौंको क्षति

चैत १९, हुम्ला | हुम्लाको चंखेली गाउँपालिका वडा नं. २ दार्मामा आगलागी हुँदा एकलाख पचास हजार बराबरको क्षती भएको छ ।

चंखेली गाउँपालिका वडा नं. २ दार्मा निवासी जीवन शाहीको २ तलाको ६ कोठाको कच्ची घरमा खाना पकाउने क्रममा एक्कासी आगो लागि भएको बताइएको छ । आगलागी हुँदा घरको माथिल्लो तलाको २ वटा कोठा जलेर पुर्ण रुपमा नष्ट भएको र कुनै पनि मानवीय तथा चौपायको क्षति नभएको स्रोतले जानकारी दिएको छ । क्षती नभएको र माथिल्लो कोठामा रहेको निम्नानुसारको समान समेत जलेर क्षति भएको हो।

प्रहरी र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लीइएको र घटनास्थलतर्फ प्रहरी चौकी मिमि हुम्लाबाट प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा ५ जनाको टोली खटिएको बताईएको छ ।

आगलागी हुँदा बल्यांकेट/कम्बल १५थान, धान/कोदो ३देखि ४ क्विन्टल , सल्लाको काठ ४५ क्युफिट गरि १,५०,०००( एक लाख पचास हजार ) रकम बराबरको क्षति भएको बताईएको छ ।