
चैत्र १९, कैलाली । धनगढी उपमहानगरपालिका वडा नं ५ मा ९ ग्राम १७० मिलीग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । घोडाघोडि नगरपालिका वडा नं १ का १९ वर्षिया करन परियार र २२ वर्षिया शिवराज ओझा ९ ग्राम १७० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ परेका हुन् ।

चैत्र १९ गते साँझ ६ः१५ बजे जिल्ला प्रहरी कार्यालय कैलालीको त्रिनगरबाट खटिएको विषेष टोलीले शंकस्पद अवस्थामा फेला परेपछि चेक जाँच गर्ने क्रममा करन परिवार र शिवराज ओझाको साथबाट ९ ग्राम १७० मिलिग्राम खैरो हेरोईनसहित उनिहरुलाई पक्राउ गरेको हो ।
अहिले उनिहरूलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
