राप्रपाबाट उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन

चैत १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० मा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ । पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार राप्रपाले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निणर्य गरेको हो । चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।