
चैत १९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-११ बस्ने २६ वर्षीय प्रवेश सापकोटा १३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ प्ररेका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यायल सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेतबाट खटीएका प्रहरी टोलीले शनिबार दिउँसो १६ः३० बजेतिर वीरेन्द्रनगर-११ पिपिरा टोलस्थित सापकोटालाई शंकास्पद अवस्थामा फेला पारेपछि चेकजाँच गर्दा उनकोसाथबाट १३० मिलिग्रामा ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेका हुन् ।
प्रहरीले सापकोटालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाएको छ ।
