
चैत १९, डोल्पा । डोल्पामा अवैध रुपमा घरमा लुकाई राखिएको अवस्थामा ६९ बोरा जटामसी बरामद गरिएको छ । शुक्रबार ठूलीभेरी नगरपालिका-३ धूपिचौरस्थित माटाको एक तले घरबाट ६९ बोरा जटामसी डिभिजन वन कार्यालय डोल्पालले बरामद गरेको हो ।

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाईछिपाई राखिएको जटामसी बरामद गरेर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख महेश कमाईले जानकारी दिए ।
उक्त गतिविधिको थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय डोल्पाले अनुसन्धान सुरु गरेको छ ।
