डोल्पामा डियुटिमा खटिएका प्रहरी भेरी नदीमा खसेर बेपत्ता

चैत्र, १७ सुर्खेत । डियुटिमा खटिएका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता भएका छन् । दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोशिराम रेगामि बेपत्ता भएक हुन् । हाल डोल्पा जिल्ला ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यारत थिए ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गस्तिमा खटिएका बेला मुड्केचुला गाउँपालिका– १ अन्तरगत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ करिब ६ बजेको समयमा बेपत्ता भएका हुन् ।

उनको खोजिकार्य भइरहेको र बेपत्ता जोशिराम रेगामिले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ ।