सरकारी गाडी श्रीमतीको नाममा पास

काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशकले सरकारी गाडी श्रीमतीको नाममा पास गराएको खुलेको छ । दाताले परिषद्लाई दिएको गाडी निर्देशक बलराम ठाकुरले श्रीमती इन्दुलेखा ठाकुरको नाममा राजीनामा पास गराएको खेलोको हुन् ।

दोलखाका जेन्डिल शेर्पाले परिषद्लाई दिएको बा१३च २०३७ नम्बरको जिप बलरामकी श्रीमती इन्दुलेखाको नाममा पास गरेको पाईको हो । पछि परिषद्कै चालक धनिराम मन्डलको नाममा लगियो । सो गाडीको मर्मतलगायतका नाममा परिषद्बाट करिब ५० लाख खर्च गरेको पनि खुल्नमा आएको छ । स्थानीयहरूले बताए अनुसार ठाकुरले गाडी व्यक्तिगत काममा दुरुपयोग गर्दै आईरहेका थिए ।

ठाकुर उनै व्यक्ति हुन् जसले जनकपुरको यात्री निवास होटललाई चलाउन दिएका थिए । त्यसमा पनि अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । कीर्ते कागजपत्रका आधारमा भुक्तानी दिएको, नक्कली उपभोक्ता समितिहरु गठन गरेको विषयमा पनि विभिन्न निकायमा उजुरी परेका छन् । यात्री निवास र परिषद्का जिन्सी सामानकै समेत हिनामिना हुँदै आएको छ । परिषद् र कार्यकारी समितिबाट स्वीकृत नै नगराई उनले यात्री निवासको ठेक्का २० वर्षका लागि दिएका छन् ।

परिषद्का अध्यक्ष शीतल शाहले पनि यी विवादमा हालै ठाकुरसँग स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएका छन् । पवित्र धार्मिक संस्था ठाकुरको बदमासीले बदनाम हुँदै गएपछि जनकपुरवासीसमेत आक्रोशित बनेका छन् ।