आजको मौसम : देशभर सामान्य बदली, केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर सामान्य बदली रहने छ। कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।