देशभर एकैदिन थप ४२ जना कोरोना संक्रमित

चैत १६, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिहीबार ९१५ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् भने पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।