मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा करारका लागि ४ जना कर्मचारी माग

चैत १६, काठमाडौं । कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कर्मचारीको माग गरेको छ । विश्वविद्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै उपप्राध्यापकदेखि रिसेप्सनिष्टसम्म ४ जना कर्मचारीको माग गरेको हो ।

सामान्य व्यवस्थापन, वित्त शास्त्री र लेखा शास्त्री विषयमा १/१ जनाका लागि आवेदन माग भएको विश्वविद्यालयले जनाएको छ । मुख्य सहायक प्रशासन पदमा १, मुख्य सहायक कम्प्युटर प्राविधिक पदमा २ र मुख्य सहायक रिसेप्सनिष्ट पदमा १ जना गरि जम्मा ४ जना करारमा कर्मचारीको आवेदन माग भएको छ ।

सुचना प्रकाश भएको मिति देखि २३ चैतसम्म आवेदन दिन सकिने गरी विश्वविद्यालयले कर्मचारी मागेको हो । फारम मध्यपश्चिमाञ्चल विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम)को प्रशासनिक कार्यालयबाट दरखास्त फारम लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।