गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या दुई हप्ताभित्र समाधान हुन्छ: प्रधानमन्त्री प्रचण्ड

चैत १६, चितवन । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या अबको दुई हप्ताभित्रै समाधान गर्ने बताएका छ्न् ।

बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको एक वा दुई हप्तामा समस्या समाधान हुने आश्वासन दिएका हुन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनको अगुवामा निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण क्रममा ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो ।