दैलेखमा भेटियो रेडपाण्डा

दैलेखमा जंगली जनावर रेडपाण्डा फेला परेको छ । दैलेखको नौमुले गाँउपालिका ४ कालीखोलामा जंगली जनावर रेडपाण्डा फेला परेको हो । हिजो आइतबार साँझ ६ बजेतिर रेडपाण्डा फेला परेको थियो ।

स्थानियहरुले आवतजावत गर्ने क्रममा रेडपाण्डा देखेपछि ईलाका प्रहरी कार्यालय नौमुलेलाई जानकारी दिएका थिए । जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय नौमुले दैलेखबाट प्रहरी नायक निरीक्षक बम बहादुर बोहराको कमाण्डको टोली खटिएको थियो । उक्त जंगली जनावरलाई प्रहरी र स्थानियको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय दैलेखका रेन्जर देबेन्द्र चौधरीको जिम्मामा लगाएको श्रोतले जनाएको छ ।