वीरेन्द्रनगरकाे तारेभीरमा टिप्परले च्यापिएर एककाे मृत्यु

चैत १२, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको– १ को तारेभीर नजिकै टिप्परले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

बाँगेसिमलदेखी ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको टिप्पर पल्टीदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर–२ टेम्पाेपार्कका ३२ वर्षीय उमेश बि.क रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

आइतबार बिहान १० बजेतिर ढुंगा झार्ने क्रममा भे १ ख २२०५ नम्बराको टिप्पर अनियन्त्रित भइ सडक किनारामा पल्टीदा चालकको मृत्यु भएको प्रहरीको भनाई छ ।

शव निकाल्न क्रेन घटनास्थलमा पुगेपनी टिप्पर उठाउन नसकिएको प्रहरीले जनाएको छ ।