
सुर्खेत चैत ११

सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर १० नेपाल राष्ट्रिय आधारभूत बिध्यालय तल्लो थानिचौरमा संचालन भएको बृहत आँखा शिविरमा १४५ जनाले सेवा लिएका छन् । सेवा लिएका मध्ये ४७ जनालाई मोतियाबिन्दुको अप्रेसनको लागि सुर्खेत आखा अस्पतालमा रिफर गरिएको भेरिगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष बिर बहादुर बस्नेतले जानकारी दिएका छन् ।

शिविर बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म संचालन भएको थियो । नेपाल नेत्र ज्योती संघ, एकीकृत आँखा तथा कान उपचार कार्यक्रम सुर्खेतको आर्थिक र नेपाल रेडक्रस सोसाईटी, सुर्खेत आँखा अस्पताल वीरेन्द्रनगर सुर्खेत को प्राबिधिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी उअपशाखा छिन्चुको आयोजनामा बृहत आँखा शिविर संचालन भएको थियो । निशुल्क आँखा शिविरमा भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, वडा नं.१० का जना प्रतिनिधिहरु, सुरक्षाकर्मी लगाएत स्थानियको उपस्थिती रहेको थियो ।

