गुर्भाकोटमा बिब्यस तथा शिअस अध्यक्ष लाई क्षमता बिकास तालिम सम्पन्न

सुर्खेत चैत ११ गुर्भाकोट नगरपालिकामा सामुदायिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा शिक्षक अविभावक संघका अध्यक्ष लाई क्षमता बिकास तालिम दिइएको छ ।

गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा चैत १० गते शुक्रबार सुरु भएको क्षमता बिकास तालिम शनिवार सम्पन्न भएको हो । क्षमता बिकास तालिममा नगरपालिका भित्रका सामुदायिक बिद्यालयका अधिकांस बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा शिक्षक अविभावक संघका अध्यक्ष हरुको सहभागिता रहेको थियो ।

उक्त तालिममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा शिक्षक अविभावक संघका आध्यक्षहरुको काम, कर्तब्य र अधिकारको बिषयमा बृहत छलफल भएको गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत पदम बिकले जानकारी दिनु भयो । २ दिन सम्म चलेको तालिममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा शिक्षक अविभावक संघका अध्यक्षले आफुले नबुझेको तथा जान्न चाहेको प्रश्नहरु सोधेका थिए भने गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत पदम बिकले उठेका प्रस्नको जवाफ दिनु भएको थियो ।