क्षयरोग बिरामीलाई गुर्भाकोट नगरपालिकाद्वारा चेकजाच तथा पोषण वितरण

चैत १०, सुर्खेत | विश्व क्षयरोग दिवसको अबसरमा गुर्भाकोट नगरपालिकाले नगर भित्रका क्षयरोग बिरामीको चेकजाच तथा बिरामी लाई पोषण वितरण गरेको छ। गुर्भाकोट नगर पालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा २५ जना क्षयरोगका बिरामीलाई गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेस पुरीले चेकजाच गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बजगाईँले सबैको प्रयास बाट क्षयरोग मुक्त पालिका बनाउन सम्भब रहेको भन्दै विश्व क्षयरोग दिवसकै दिन संकल्प गरेर अगाडी बढ्न पनि आग्रह गर्नु भएको थियो। साथै उहाले सहभागी लाई आफु भित्र भएको समस्या चेकजाच गर्ने क्रममा खुलस्त भनि आबश्यक सल्लाह सुझाब लिन पनि अनुरोध गर्नु भएको थियो।

चेक जाच गर्ने क्रममा बिरामीमा जटिल समस्या नदेखिय र घर परिवारमा कसैलाई निरन्तर खोकी लागेमा वा श्वास प्रश्वासमा समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गर्न अनुरोध गरिएको समेत शाखा प्रमुख महेश पुरीले जानकारी दिनु भयो। साथै पालिकाको प्रत्यक वडामा क्षयरोग बिभिन्न समयमा चेक जाच हुने भएकाले लामो अवधिको खोकी लाग्नु ,खकारमा रगत देखापर्नु,साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, र तौल घट्दै जानु लगाएतका लक्षण देखियामा तुरुन्त चेकजाच गर्न पनि आग्रह गर्नु भएको छ।

गुर्भाकोट नगरपालिका ६ निवासी याम बहादुर ढकाल लाई क्षयरोग सङ्गै अपांगता भएको हुदा तत्काल नगरपालिका बाट पहल गरि ह्विलचिएरको ब्यबस्थापन गरिने समेत बताउनु भएको छ ।

क्षयरोग सम्बन्धि चेकजाच गराउन आएका व्यक्तिलाई यातायात खर्च बापत रु २०० संगै पोषण स्वरूप एक बोरा चामल,एक केजी दाल,एक क्यारेट अण्डा,एक बोतल तेल तथा फलफुल वितरण गरिएको थियो। कार्यक्रममा नगर स्वास्थ्य शाखामा कार्यरत कर्मचारीतथा बिभिन्न स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो।