बालविवाह राेक्न महत्त्वपूर्ण भुमिका खेल्ने १११ जना धामीझाँक्री सम्मानित

चैत १० कालिकोट | कालिकोट जिल्लामा तिलागुफा नगरपालिकाको आयोजना र किडार्क नेपालको आर्थिक सहयोगमा बाल बिवाहा न्यूनीकरणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दे आयका धामि र पुरहित हरूकाे सम्मेलन सम्पन्न गरि बालविवाह राेक्न योगदान पुराय बापत नगरपालिका भित्र अवस्थित ११ वडाका १११ जना बढी धामीझाँक्री र पुरोहित हरुलाई पन्चेबाजा सहितको र्यालिमा बजार परिक्रमा गराई टाउकोमा फेटा ( पगरी ) बाधेर सम्मान गरेको छ ।

२० बर्ष नपुगि केटा-केटि दुबै तर्फको परिवार हरु बिवाहा गर्न र गराउन राजी भई लगनको लागि धामीझाँक्री वा पुरोहितको मा आउदा लगन नदिएर २० बर्ष पछि मात्र बिहे गर्न सुझाव दिई पठाय बापत नगरपालिका उक्त सम्मान गरेकाे नगर उपप्रमुख महेन्द्र बहादुर शाहिले बताउनु भएकाे छ ।