
चैत १०, रुकुम पश्चिम । रुकुम पश्चिममा पेट्रोल छर्केर महिलालाई आगो लगाउने प्रयास गरेको भन्दै प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुल्सिपुर उपमहानगरपालिका-१० बेलुवाका ३५ वर्षीय प्रेमबहादुर केसी रहेका छन ।
केसीलाई मुसिकोट नगरपालिका-९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई १ लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन लगोकाको सुचना प्राप्त भएपछि घटनास्थल बाट फरार भएका केसीलाई गहुँ बारीमा लुकेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ ।

महिलाको अवस्था भने सामान्य रहेको र घटनाको कारण भने खुलेको छैन ।
घटना बारे थप अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।