दैलेखको गुराँसमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

चैत ८, दैलेख | दैलेखमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मनकामना ग्यास सिलिन्डर बोकेर नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका वडा नम्बर 4 ताल पोखरी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

स्रोतले दिएको जानकारीअनुसार ट्रक ताल पोखरी भन्ने ठाउँको मोडबाट खसेर दुर्घटना भएको हो ।

सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी किसोर लम्सालले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार

मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेका छ्न् । उनिहरूको ठेगाना खुल्न सकेको छैन् ।

थप एकजना घाइते भएको खुल्न मा आएको छ ।

थप बिबरण खुल्न बाँकी: