
चैत ७, काठमाडाैं ।आज सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ, मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ५०० रूपैयाँले र चाँदीकाे मूल्य १० रूपैयाँले बढेको छ ।

हिजाे आइतबारकाे तुलनामा सुनकाे मूल्य ताेलामा ७ सयले घटेको सुनचाँदी महांसघले जनाएकाे छ ।
साेमबार प्रतिताेला ७ सयले घटेर प्रतिताेला १ लाख ९ हजार ३०० र तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ८ हजार ८०० रूपैयाँमा काराेबार भएकाे सुनकाे मूल्य मंगलबार ५०० रूपैयाँले बढेर प्रतिताेला १ लाख ९ हजार ८०० र तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ९ हजार ३०० रूपैयाँमा काराेबार भएकाे महांसघले जनाएकाे छ ।

यस्तै, आज चाँदीकाे मूल्य पनि १० रूपैयाँले बढदै प्रतिताेला १ हजार ३ सय ४० रूपैयाँमा काराेबार भएकाे छ । हिजाे चाँदीकाे मूल्य १३३० रूपैयाँमा काराेबार भएकाे थियाे ।