
चैत ७, सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेतमा अनेरस्ववियुका अक्कलबहादुर सिजापति नेतृत्वको प्यानल विजयी भएको छ ।

निर्वाचनको अन्तिम नतिजामा अनेरस्ववियुका उम्मेदवार अक्कलबहादुर सिजापतिले ९ सय ६७ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै निकटतम् प्रतिदोन्दी गठबन्धनका उम्मेदवार हिक्मत शाहीले ४८८ मत प्राप्त गरेका छ्न् । प्राप्त मत अनुसार अनेरास्ववियुका उम्मेदवार झन्डै दोब्बर मतान्तरले विजयी भएका छन् ।
सचिवको दौडमा पनि ९०४ मत ल्याएर अनेरस्ववियुकी भवानी ढकाल निर्वाचित भएकी छन् । ढकालले ९०४ मत प्राप्त गरेर विजयी हुँदा गठबन्धनका उम्मेदवार मिलन बिसीले ४७२ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षको दौडमा अनेरास्ववियुका ललित रानाले ७७० मत ल्याएर विजयी भएका छन् भने गठबन्धनका रामशरण विकले ४५० मत ल्याएका छन् ।
सदस्यमा अनेरस्ववियुकै तर्फबाट भरत शाही ८५४ मत, राधा रिजाल ८५९ मत, गगन आले ८८४ मत, जुद्द रोके ८८८, दीपेन्द्र शाही ८३०, महेन्द्र खड्का ७९३, नीरा जैशी ८५०, अशोक बराल ८६९ मत प्राप्त गरी अनेरास्ववियु प्यानलनै विजयी भएका छ्न् ।
सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनले विद्यार्थीमा चहलपहल मच्चाएको छ भने अनिरस्ववियुको जितले यस क्षेत्रमा चर्चा पाइरहेको छ ।
सुर्खेत बहुमुखी क्याम्पसमा १ हजार ६८१ मत खसेको थियो ।