सल्यानको कालिमाटीका पशुमा लम्पी स्किन’ रोगको लक्षण जस्तै संक्रमण फैलिँदै

चैत ६, सुर्खेत | जिल्लाको कालिमाटी गाउँपालिका का बिभिन्न वडामा किसानले पालेका गाई तथा गोरुमा बिभिन्न लक्षण सहितको रोगको संक्रमण देखा परेको छ ।

गाउपालिकाको वडा नम्बर ७ घुईयाबारी बाट सुरु भएको उक्त संक्रमण हाल पालिकाको ६,५,४ हुदै ३,२,१ वडामा पनि फैलिएको छ। ‘लम्पी स्किन’ रोगको जस्तै लक्षण देखिएको रोगका कारण एक सातामै किसानले पालेका १० भन्दा बढी गाईगोरु मरेका छन भने १०० भन्दा विरामी परेका छन् ।

विरामी परेका गाईगोरुको छालामा फोका देखिने ,घाटीको माला सुनिनेनाईटो मुनिको भागहरु सुनिने, १०५ डिग्री भन्दा बढी जोरो आउने श्वास प्रश्वास मा समस्या हुने नाकमुख बाट पिप जस्तो बाक्लो सिगान बग्ने , ज्वरो आउने अन्डकोष, घाँटी, नाभी, समस्या देखिएको कालिमाटी गाउँपालिका पशु शाखा प्रमुख केशवराज बस्नेतले बताउनु भयो। धमाधम गाईगोरु विरामी पर्ने र मर्न थालेपछि अन्य पशुमा रोग सर्ने डरले किसानहरु चिन्तित भएका छन् । पशु शाखा प्रमुख बस्नेतका अनुसार किसानले नबुझेको रोग भएकाले अन्य पशु तथा मानिसमा सर्ने त्रास बढेको छ ।

पहिला सामान्य जस्तो लागेर किसानले कसैलाई नभनेको र संक्रमण बढ्दै गएपछि गाउँपालिकामा गएर जानकारी गराएको किसानको भनाई छ । किसन बाट गाई गोरु बिरामी भएको तथा बिरामी पशु मरेको जानकारी पायपछी हाल कालिमाटी गाउँपालिकाको पशु शाखाले उपचार सुरु गरेको छ । विज्ञ डाक्टरलाई बिरामी गाई गोरुको तस्बिर देखाउने र गाईगोरुमा देखिएको लक्षणका बारेमा जानकारी गराएर सल्लाह लिँदा ‘लम्पी स्किन’ रोग पाइएको बस्नेतको भनाई छ।

रोगले महामारीको रुप लिन नपाओस भनेर विज्ञको सल्लाह अनुसार पालिकाका सात वटै वडामा किसानका घरमा विरामी परेका गाईगोरुको उपचार गरिरहेको बताईएको छ। साथै पशु चौपायामा माथि उल्लेखित लक्षण देखिएमा तुरुन्त पालिकाको पशु शाखामा तथा समबन्धि वडाको वडा अध्यक्ष तथा जना प्रतिमिधि लाई खबर गर्न पनि अनुरोध गरिएको छ।