अस्पताल भर्ना भएका ७३ वर्षीय लल्लु सार्की खोलामा मृत फेला

चैत्र ६, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारार्थ भर्ना भएका एक बिरामी अस्पताल नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् ।

६ दिनदेखि अस्पतालमा भर्ना भएका तातोपानी गाउँपालिका– ५ लाम्राका ७३ वर्षीय लल्लु सार्की अस्पतालनजिकै रहेको जुगाडखोलामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार राति साढे १२ बजेको समयमा बिरामी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएका थिए।

प्रहरी निरीक्षक यामबहादुर बुढामगरले बिरामीको हातमा क्यानलग भएको बताए। उनले भने, ‘बिरामी अस्पतालबाहिर निस्केर लडेर बेहोस भएको र खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान छ।’

बिरामी हराएको खबर प्राप्त हुनेबित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले टोली परिचालन गरेको थियो। तर, बिरामीका आफन्तले भर्ना भएको बिरामी अस्पतालबाहिर निस्किएर खोलामा मृत भेटिनु राम्रो नभएको बताएका छन्।

उनीहरूले अस्पतालबाट बाहिर निस्कँदा वार्डमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूदेखि गेटमा रहेका सुरक्षागार्डहरूले समेत वास्ता नगर्नु ठूलो समस्या भएको बताएका छन्।

बिरामी लल्लु अस्पतालको दुई तलामा रहेको ४ नम्बर बेडमा भर्ना भएका थिए। लल्लु अस्पतालबाहिर निस्केको कुरुवा रहेकी उनकी श्रीमतीले समेत थाहा पाइनन्।

अस्पताल बाहिर निस्केर उनी लडेको र बेहोस भएर खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिए ।

बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले खोजतलासका लागि प्रहरीको टोली परिचालन गरेको थियो । बिरामीका आफन्तहरुले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किनुमा अस्पतालको लापरबाही भएको आरोप लगाएका छन् ।