प्रचण्डले मागे एमाले र राप्रपासँग विश्वासको मत

चैत ६, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपासँग विश्वासको मत मागेका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राप्रपा र एमालेलाई पनि आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

स्थायित्व र एकताको सन्देश दिँदै आफूलाई सबैले विश्वासको मत दिने प्रचण्डले विश्वास व्यक्त गरे ।