बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा हवाईफायर, दुईजना प्रहरी घाइते

चैत ५, बाजुरा । बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा प्रहरीले हवाईफायर गरेको छ ।

स्ववियु निर्वाचनको बेला गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप भएको थियो ।

बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बोहराले बताए । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।
झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् ।