
चैत ५, काठमाडौँ । नेपाली बजारमा सुनकाे मूल्य ताेलामा २ हजार ९ सयले बढेर हालसम्मकै उच्च रेकड राखेकाे छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १० हजार र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपौयाँमा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुनको मूल्य ताेलामा २ हजार ९ सय रूपैयालले बढेकाे हाे ।

साताकाे अन्तिम दिन शुक्रबार सुनकाे मूल्यमा सामान्मूय बृदि भएर प्रतिताेला १ लाख ७ हजार १ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै, आज चाँदीको मूल्य पनि बृदि भएकाे छ । आज चाँदीको मूल्य ताेलाकाे १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।