
चैत ५, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ईत्राममा एक नवजात शिशुको शव फेला परेको छ ।

आइतबार बिहानै घाँटीमा एअरफोन बेरेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका-७ ईत्राम स्थित शंकरचोकमा उक्त शिशुको शव भेटिएकाे थियाे । शंकरचाेकबाट करिब ३०० मिटरको दुरी पूर्वमा रहेको बासको झाङ नजिक उक्त शव फेला परेको हो ।
स्थानियको भनाई अनुसार शवको अवस्था हेर्दा बच्चालाई जन्मनेबितिकै मारेर फालेको हुन सक्ने आशंखा गरीएको छ ।

बासको झाङ नजिकै बाट कुकुरले घिसारदै गरेको अवस्थामा नवजात शिशुको वेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।
सुचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको बारेमा थप अध्ययन अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।