वीरेन्द्रनगरमा कालिका लघुबित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत ४, सुर्खेत । कालिका लघुवित्त वित्तीय संस्थाले “केन्द्र प्रमुख गोष्ठि तथा वितिय साक्षरता” कार्यक्रम सम्पन गरेको छ । कालिका लघुवित्त वित्तीय संस्था वीरेन्द्रनगर शाखाको आयोजनामा सुर्खेतको वीरन्द्रनगरमा “केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता” कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको सभा अध्यक्षमा कालिका लघुवित्त वीरेन्द्रनगर शाखा प्रबन्धक हस्तबहादुर पुन, प्रमुख अतिथिमा कालिका लघुवित्त वित्तीय संस्था अनुगमन प्रमुख राजेन्द्र दुलाल, विशेष अतिथिमा कालिका लघुवित्त वित्तीय संस्था छिन्चु शाखा प्रबन्धक पदम नारायण श्रेष्ट, अतिथिमा बड्डिचौर शाखा प्रबन्धक योगेन्द्र बहादुर मल्ल, वीरेन्द्रनगर शाखाबाट गठित १३६ वटा केन्द्र मध्ये ४० केन्द्रका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कालिका लघुवित्तको “केन्द्र प्रमुख गोष्ठि तथा साक्षरता कार्यक्रम” “वित्तीय साक्षरता सफल पारौं” जस्ता नारासहित जिल्लाको वीरन्द्रनगरस्थित शनिहलचोकदेखि एयरपोर्ट चोकसम्म र्याली गरी सभामा परिणत भएको थियो ।

कार्यक्रममा कालिका लघुवित्त वित्तीय संस्थाका वीरेन्द्रनगर शाखाबाट गठित ४० वटा काकिका महिला विकास केन्द्रका प्रमुखहरूलाई वितिय साक्षरता सम्बन्धित प्रशिक्षण तथा वीरेन्द्रनगर शाखाबाट गठित १३६ केन्द्र मध्य उत्कृष्ट ४ केन्द्रहरूलाई सम्मान गरिएको छ ।

विशिष्ट अतिथि छिन्चु शाखा प्रबन्धक पदम नारायण श्रेष्टले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । श्रेष्टले संस्था सदस्यहरूको मर्म अनुरुपनै संस्थाले रुपान्त्रण गर्दै आइरहेको बताउनुभएको छ । “आज भन्दा २ बर्षअघिसम्म कालिका लघुवित्तले १८ प्रतिशत व्याजमा काम गर्दै आइरहेको थियो । अहिले सदस्यको मर्म र देशमा चलिरहेको आर्थिक मन्दि र राष्ट्र बैंकको नीति पालना गर्दै ७.५ प्रतिशतमा बचतकर्ता ब्याज र कर्जामा १५ प्रतिशत ब्याजमा काम गर्दै आइरहेका छौ । श्रेष्टले भनें, “कालिका लघुवित्त तपाइहरूकै लागि हो, आगामि दिनमा तपाईहरूको मर्म अनुरुप चल्ने छ ।”

साथै उहाँले आफ्ना सदस्यहरूको सामाजिक सुरक्षा अन्तर्गत सुत्केरी खर्च, प्राकृतिक प्रकोप जस्ता विभिन्न शिर्षकहरूमा राहत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

केन्द्र नं. ००५ की सदस्य अविशरा सिजालीको मृत्यु भएपछि उनका श्रिमान भिम बहादुर सिजलीलाई अविशराको कर्जाबिमा अन्तर्गतको बिमा र काजक्रिया खर्च अनुरुप २ लाख १५ हजारको चेक हस्तान्त्रण गरिएको थियो ।

यस्तै उत्कृष्ट केन्द्रहरू अन्तर्गत खारखोली कालिका महिला बिकास केन्द्र नं. ६२ प्रथम भएको छ । चेतना कालिका महिला विकास केन्द्र नं. ११ दोस्रो, त्यस्तै तेस्रोमा गुराँस कालिका महिला विकास केन्द्र नं.१९ भएको छ भनें, लक्ष्मि कालिका महिला विकास केन्द्र नं. ४३ चौथो स्थानमा पर्न सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका अनुगमन प्रमुख राजेन्द्र दुलालले भनें कार्यक्रममा उपस्थित कालिका महिला विकास केन्द्रका प्रमुखहरूलाई प्रशिक्षण दिदैँ अन्य वित्तिय संस्थाहरूले जे-जस्तो गरिरहेको भएपनि कांलिकाले कस्तो गरिरहेको छ भन्ने कुराले महत्व राख्ने बताउनु भयो । हाम्रा सदस्यहरूको समस्यालाई सम्बोधन गर्दै ब्याज घटाउँदै १५ प्रतिशतमा आइपुगेका छौ । बचतकर्ताको ब्याज बढाएर ७.५ प्रतिशत पुर्याएका छौ । “गाउँ-गाउँ समान्य कर्जाको लागिपनि ३६ प्रतिशत भन्दा बढि ब्याज तिर्नु पर्ने बाध्यता थियो ।, दुलालले भनें “अहिले अघुबित्त संस्थाले बचतकर्ताको घर आगनमै आएर बचत उठाँउछ । जति बचत गर्यो त्यतिनै बचत गरिदिएका हुन्छौ । विना भेदभाव कर्ज अलगानी गरिरहेकै छौ । वित्तिय संस्थाले दिनमिल्ने जति माग्नु भएको हुन्छ, त्यतिनै लागानि गरिएका हुन्छौ ।” साथै, लघुवित्त महिलाको बचत आधिकार भएको बताउँदै, सानैदेखि महिलाहरू वितिय कुराको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सक्षम हुने भएको हुँदा वित्तिय संस्थाहरूले महिलाहरूलाई रोजेको बाताउनु भयो । “मैले तपाईहरूको समस्याहरू टिपोट गरेको छौ । हामि तपाइहरू समस्यामाथि केन्द्रमा छलफल गर्नेछौ । समाधान पनि सबैभन्दा पहिले तपाइहरूलाई नै बताउँने छौ । अहिले आर्थिक मन्दिको फाइदा उठाउँदै लघुवित्त विरुद्व अराजक गतिविधि देखिएका छ्न् । लघुवित्त संस्था विरुद्द विभिन्न संघर्ष समिति बनेका छ्न् । उनिहरूको प्रभामा नपर्न म तपाईहरूलाई आग्रह गर्छु ।” साथै उहाँले लघुवित्त विरुद्व बनिरहेका अराजक गतिविधिका विरुद्व एकजुट भई हातेमालो गर्न समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका अनुगमन प्रमुख राजेन्द्र दुलालका अनुसार अन्य वित्तीय संस्थाको तुलनामा कालिका महिला विकास केन्द्रले आफ्ना नेतृत्वलाई कसरी तालिम दिइरहेको छ भन्ने बुझ्न जरुरी छ । दुलालले आफ्ना सदस्यहरुको समस्यालाई सम्बोधन गर्ने क्रममा व्याजदर घटाएर १५ प्रतिशत ब्याजदर पुर्याएको र बचतकर्ताको ब्याज बढाएर ७.५ प्रतिशतमा पुर्याएको बताए । दुलालले यसअघि गाउँ–गाउँमा कर्जाका लागि पनि ३६ प्रतिशतभन्दा बढी ब्याज तिर्नुपर्ने बाध्यता रहेको बताए । जति बचत हुन्छ, त्यति नै ऋण पाउन सकिन्छ र विना भेदभाव ऋण बाँडफाँड हुने उनको भनाइ थियो । दुलालले बचत महिलाको अधिकार भएको बताउँदै महिलाहरूको त्यो अधिकार सुनिश्चित गरेको बताएका छ्न् । सानैदेखि वित्तीय व्यवस्थापन गर्न सक्ने भएकाले वित्तीय संस्थाले महिलालाई प्राथमिकता दिने बताए । दुलालले सदस्यहरूले भोग्नुपरेका समस्याहरू स्वीकार गर्दै केन्द्रमा छलफल गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । दुलालले लघुवित्त संस्थाविरुद्ध बनेका विभिन्न सङ्घर्ष समितिबाट प्रभावित नहुन पनि सदस्यहरुलाई आग्रह गरे । अन्त्यमा दुलालले लघुवित्त संस्थालाई लक्षित गरी अराजक भईरहेका गतिविधि विरुद्व एकजुट भएर उभिनुपर्ने आह्वानसमेत गरेका छन् ।

कार्यक्रमका सभा अध्यक्ष हस्तबहादुर पुनले भविष्यका लागि बचत अपरिहार्य रहेको स्मरण गराउँदै कार्यक्रमको समापन गरेका थिए । पुनले वित्तीय संस्थाहरु विरुद्धका गतिविधिलाई प्राथमिकता दिँदा हुने परिणाममाथि प्रश्न गर्दै सबै लघुवित्त संस्था र बचतकर्ताहरुको एकता र प्रतिरोधमा उत्रिनुपर्नेमा उनको जोड छ । कार्यक्रम वीरेन्द्रनगर शाखा कार्यालयका कर्मचारी चेतन आर.सी.ले संचाल गरेका थिए ।

साथै, पछिल्लो समय लघुवित्त विरुद्वका गतिविधि बढेपछि वित्तीय संस्थाका कर्मचारीहरूले दुर्व्यवहारको सामना गर्नु परिरहेको छ ।