शिखर माबि रामघाटका कृषि अध्यनरत बिद्यार्थीलाई उद्यमशीलता बिकास तालिम

चैत्र १, सुर्खेत | भेरिगंगा नगरपालिका ११ रामघाटमा संचालित शिखर माध्यमिक बिद्यालयमा कृषि अध्यनरत ७० जना बिध्याथिको लागी उध्धमशिलता बिकास तालिम सुरु भएको छ।

शिखर माविमा कृषिमा अध्यनरत ७० जना बिद्यार्थी मध्ये पहिलो चरणमा ३५ जना बिध्यार्थिलाई लाई यहि फागुन ३० देखि चैत्र ३ सम्म ४ दिने उध्धमशिलता बिकास तालिम सुरु भएको हो। बाकि ३५ जनालाई चैत्र ४ गते देखि पुन तालिम सुरु हुने शिखर माध्यमिक बिद्यालयका प्रधानाध्यापक जनक सिंहले जानकारी दिनु भयो। बिद्यार्थी लाई ब्यबसाय मुखी बनाउनको लागि उक्त तालिम संचालन गरिएको समेत प्रअ सिंहले बताउनु भयो। श्री शिखर माबि रामघाट सुर्खेतको आयोजना र ईनईलम हेल्भेटास नेपालको सहयोगमा ब्याबसायी उत्प्रेरणा बिकासको लागि उधमशिलता बिकास तालिम सम्पन्न भएको हो।

बिद्यालय ब्यबस्थापन समितिका जेस्ठ सदस्य टिकाराम सुबेदिको अध्यक्षता र नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यता र नगर उप प्रमुख धनसरा बोहोराको बिशेष आथिथ्यतामा कृषिमा अध्यनरत बिद्यार्थीको लागि यो तालिम सुरु भएको हो।