सुरक्षाकाे माग गर्दै लघुवित्त कर्मचारी मञ्चलले बुझायाे ज्ञापन पत्र

चैत १, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको लघुवित्त कर्मचारी मञ्चलले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ज्ञापन पत्र बुझाएको छ । चैत्र १ गते कालिका लघुबित्त सस्थाको शाखा कार्यालयको मुलगेटमा लघुबित्त सस्था खारेज गर । जनताको सम्पत्ती फिर्ता गर, पिडितहरुको ऋण मिनाहा गर, लगाएतका नारा लेखिएको ब्यानर टाँसेर नेकपा (बहुमत) कर्णाली ब्यूरोले तालाबन्दी गरेपछी मञ्चले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको छ ।

बिभिन्न स्थानमा लघुवित्त सस्था बिरूद्द भैरहेकाे अाक्रमणकाे निन्दा गर्दै मञ्चले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा ज्ञापनपत्र बुझाएकाे हाे । यही ब्यवहारका बिचमा लघुवित्त सस्थाहरूले काम कारवाही गर्न नसक्ने भन्दै प्रशासन कार्यालयकाे ध्यानाकर्षण गराएकाे हाे ।

सस्थाका कर्मचारीहीलाइ कालाेमासाे दल्ने, अपमान गर्ने जस्ता कार्यकाे निन्दा र भर्त्सना गर्दै तत्काल दाेषीलाइ कारवाही गरेर सुरक्षाकाे ग्यारेन्टी गरिदिन समेत ज्ञापनपत्रमा माग गरिएकाे छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकाेटाले अपराधिक गतिबिधी नियन्त्रणमा संवेदन शिल हुने बताएका छन् । उनले भनेका छन् निर्धक्कका साथ काममा जुटनु केही समस्या कहीकतै देखिएकाे खन्डमा क्षणभरमै हामी कारवाही गर्छाै ।