आज नेपाली बजारमा सुनचाँदीकाे मूल्य स्थिर

 चैत १, काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य स्थिर रहेकाे महासंघले जनाएकाे छ ।

याे साता सुनको मूल्य लगातार बढेढै गएकाे थियाे । आइतबार १७ सय,साेमबार ६ सय र मंगलबार १६ सयले प्रतिताेला सुनकाे मूल्य बढेकाे थियाे भने, आज बुधबार सुनकाे मूूूल्य स्थिर रै कायम रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुनको मूल्य हिजाे मंगलबारकै मूल्यमा कायम भैइ छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपौयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर नै कायम रहेकाे छ । आज चाँदीको मूल्य हिजाे मंगलबार कै मूल्यमा ताेलाकाे १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।