
चैत १, सुर्खेत । मंगलबार दिउँसो वीरेन्द्रनगर वडा नं १० को बुदबुदीमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका मृतकको पहिचान खुलेको छ । मृतक वीरेन्द्रनगर वडा नं १० कै दिपनगरमा बस्ने ४१ वर्षिय ध्रुवजंग शाही भएको खुल्नमा आएको हो ।

सुर्खेत जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण शाहीले दिएको जानकारी अनुसार मृतकको पहिचान मंगलबार राती खुलेको थियो ।
साथै मृतकको पहिचान खुल्नु अघिनै मृतक भनेर अर्कै ब्यक्तिको प्रचार गरिएकोमा सुचना अधिकारी शाहीले आपत्ती जनाएका छ्न् । उक्त गलत सुचना आफुप्रती बिश्वास नगर्न र कसैले पनी यस्ताे दुख्खद घडीमा गलत हल्ला फैलाएर अन्य नागरिकलाइ समेत चाेट नपुर्याउन अाग्रह गरेका छन् ।

मृतकका परिवारले दिएको बयान अनुसार मृतक ध्रुव शाही सवारी चालक भएको र केहि दिनदेखि बिदेश जाने तयारीमा रहेका थिए ।
मृतक मंगलबार १० बजे घरबाट निस्किएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएकोले याे घटनालाइ बिषेश रूपमा हेरिरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुचना अधिकारी शाहीका अनुसार मृतकको पोष्टमार्टमका लागि प्रदेश अस्पताला कालागाँउ पुर्याएको छ ।
आफन्तको जाहेरीपछि थप अनुसन्धान अघि बढ्ने सुचना अधिकारी शाहीले बताएका छ्न् ।