गुर्भाकोटमा माबि स्तरिय निबन्ध प्रतियोगिताका बिजेता बिध्यार्थीलाई पुरस्कार वितरण

फागुन ३०, सुर्खेत । पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा “सार्बजनिक पुस्तकालयको महत्व” बिषयमा माध्यमिक बिद्यालय स्तरिय निबन्ध प्रतियोगिताका बिद्यार्थी लिई पुरस्कार वितरण गरिएको छ । गुर्भाकोट नगरपालिका भित्रका १६ वटा माध्यमिक बिद्यालय मध्य सुर्य ज्योति माबि मेहेलकुना ,देउती इङ्गलिस मिडियम स्कुल मेहेलकुना र नेपाल रास्ट्रीय माबि ज्यामिरे गरि ३ वटा बिद्यालयका ७ जना बिद्यार्थी सहभागी भएका थिए। गुर्भाकोट नगरपालिका नगर शिक्षा शाखाको नगरपालिका स्तरिय प्रधानध्यापक भेलाको अवसर पारेर गुर्भाकोट ग्यालरीले गत माघ २४ गते सम्पन्न निबन्ध प्रतियोगितामा बिजेता भएका बिद्यार्थीलाई नगद पुरस्कार वितरण तथा सम्बन्धित बिद्यालयका प्रधानाध्यापक लाई पनि सम्मान गरिएको थियो।


जसमा सुर्य ज्योति माबि मेहेलकुनाका योगेश खत्री प्रथम भएका छन् जसले रु ४,००० प्राप्त गरेका छन्। त्यस्तै देउती इङ्गलिस मिडियम स्कुल का किरण बिक दोस्रो भएका छन् जसले रु ३,००० प्राप्त गरेका छन् भने नेरा माबि ज्यामिरेका देबेन्द्र वली चौथो भएका छन् जसले रु १००० र प्रमाण-पत्र का साथै विद्यालयलाई पनी प्रोत्साहनस्वरूप मायाको चिनो प्रदान गरिएको गुर्भाकोट ग्यालरीले जानकारी दिएको छ। सुद्दता र स्पष्टता, मौलिकता र तार्किकता,बिषय बस्तुमा सिमितता र क्रमिकताका आधारमा मुल्यांकन गरि बिजेता घोषणा गरिएको थियो। वितरण गरिएको नगद रकम गुर्भाकोट ग्यालरीले उपलब्ध गराएको थियो। गुर्भाकोट नगरपालिका शिक्षा शाखा अधिकृत पदक बिकले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो।

साथै २०८०को SEE परिक्षामा सबै भन्दा धेरै GPA ल्याउने बिद्यार्थी र बिद्यालय लाई समेत गुर्भाकोट ग्यालरीले सम्मान गर्ने जनाएको छ।