वीरेन्द्रनगर बुदबुदी घटनाको मृतक भनेर अर्कै व्यक्तिको प्रचार, यस्तो छ वास्तविकता

फागुन 30, सुर्खेत | मंगलबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर वडा नं १० मा भएको घटना का मृतक व्यक्त भन्दै गलत समाचार फैल्याइएको पाइएको छ ।

मंगलबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर वडा नं १० को बुद्बुबुदीमा घाटी रेटिएको अवस्थमा एकजना पुरुष मृत फेला परेका थिए ।

अहिले उक्त घटनाका मृतक जुम्ला घर भई राष्टिय अनुसन्धान विभागका कर्मचारी सन्तोष भण्डारी भएको भन्दै समाचार फैल्याएको पाइएको हो ।

त्यसरी समाचार फैल्याएको मा सन्तोष भण्डारीले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै घटना मा भएको मृतक आफू नभएको जानकारी दिएका छन् ।

घटना बारे थप जानकारी बुझ्ने क्रममा सुर्खेत जिल्ला प्रहरी कार्यलय सूचना अधिकारी लक्षमण शाहीले पनि उक्त कुरा मा कुनै सत्यता नभएको र झुटो प्रचार गरिएको बताएका छन् ।

“घटना भएको जानकारी आएपछि करिव साढे पाँच बजेदेखि हामी घटना स्थलमै छौ । घटना स्थल आसपास का करिव ५०० जना मान्छेसँग सोधपुछ गर्दा पनि मृतकलाई कसैले चिनेका छौ भनेनन् । उनले भनें, सोधपुछ गर्ने क्रममा एकजना प्रदेश अन्तर्गत का अनुसन्धान विभाग का कर्मचारीले मेरो साथी सन्तोष भण्डारी हो भनेका थिए । तर हामीले बुझ्दा उनको साथी सकुशल भएको जानकारी पायौं ।”

शाहीका अनुसार अहिले घटना स्थल आसपास ५० मीटरको क्षेत्र सिल गरी, अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने तयारी गरिएको छ । उपस्थित हरुसंगको सोधपुछ मा कसैलेपनि घटना प्रतक्ष रुपमा देखेको बताएका छैनन् ।

शाहीले दिएको जानकारी अनुसार मृतक को छेउमै एउटा रगत लागेको चक्कु बाहेक अन्य कुनै पनि शंकास्पद वस्तु भेटिएको छैन ।
प्रम्भारीक अनुसंधान अनुसार घटना स्थलमै हत्या गरिएको अनुमान लगाउन सकिने शाहीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत अनुसार घटनाका मृतक व्यक्ती पहिचान गर्ने र घटनाको अनुसंधान गर्ने काम सँगसँगै अघि बढाइएको छ ।

यस्तो छ, मृतक भनेर गलत समाचार फैल्याइएका व्यक्तीको फेसबुक स्टाटस

“सबैलाई नमस्कार म सन्ताेष भण्डारी

आज दिउसाे सुर्खेतमा घटेको घटनाकाे बारेमा मैले सामाजिक सञ्जाल तथा मेरा आफन्त साथी भाईले मलाई फाेन गरे पश्चात् बल्ल थाहा पाए ।
हाल म ब्यक्तिगत कामकाे शिलशिलामा सुर्खेत जिल्ला बाहिर छु । सामाजिक सञ्जालमा लेखेका र देखेका भरमा मेराे मृत्यु भयाे भन्ने खबर सुनेर अत्यन्तै दुखित भएको छु । मेराे मृत्यु भयाे भनेर मेराे नाम थर र ठेगाना सहित जुन कुरा फेसबुकमा पाेष्ट भएका छन ती सबै गलत हुन म जिवितै छु ।
वास्तविक नबुझी,सामाजिक सञ्जालकाे दुरुपयोग गरि भ्रमात्मक खबर सम्प्रेषण गर्ने जुनसुकै पनि अनलाइन खबर हाेस या समाचारपत्र हाेस यदि त्याे समाचारले म र मेराे परिवार प्रति नकारात्मक प्रभाव पर्न गई कुनै पनि अप्रिय घटना घट्न गएमा साेहि अनलाइन खबर,समाचारपत्र वा ब्यक्ति जिम्मेवार र जवाफदेही हुनुपर्नेछ मैले सबैको स्क्रिन सट राखेकाे छु ।
अन्त्यमा मेराे याे फेसबुक पाेष्ट देखिसके पछि मेरा साथीभाइ आफन्त र साेसल मिडियाकर्मीहरुले ती र त्यस्ता गलत,भ्रमात्मक खबर फैलाउने समाचारकाे पछि नलागिदिनु हाेला भन्ने आग्रह गर्दछु धन्यवाद “

अघिल्लो समाचार