गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदम प्रसाद बजगाई

फागुन ३०, सुर्खेत । करिब २ महिना देखि रिक्त रेको पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्वेवारी पदम प्रसाद बजगाईले सम्हालेका छन् ।

आज नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगरप्रमुख हस्त पुन, नगर उपप्रमुख मैना वि.क नगरपालिकामा कार्यरत कर्मचारी लगायत जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत बजगाईँको स्वागत गरेका हुन्, भने प्रमुख प्रशासकीय अधिकृत बजगाईँले आजै प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गर्नुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ गतेको निर्णय बमोजिम उपसचिव बजगाईँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुर्भाकोट नगरपालिकामा खटाइएको भएपनि उहाँ ढिलो गरि गुर्भाकोट हाजिर हुनु भएको हो ।

कार्यक्रमा नगर प्रमुख हस्त पुनले लामो समय पालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन हुँदा भुक्तानी लगाएत बिभिन्न काम रोकिएको भ्भाटाआऊडाई अब सम्पुर्ण कामहरु नियमित तरिकाले हुने बिस्वास ब्यक्त गर्नु भएको थियो । यस अघि निमित्त प्रमुख प्रशासकीय अधिकृत को जिम्वेवारी स्वास्थ्य शाखा प्रमुख महेश कुमार पुरीले सम्हाल्दै आउनु भएको थियो ।