सुर्खेतको वीरेन्द्रनगरमा घाँटि रेटिएकाे अवस्थामा एक जना पुरुष मृत फेला

फागुन ३०, सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर वडा नं १० स्थित बुद्वबुदी नजिक एक जना पुरूष घाँटि रेटिएकाे अवस्थामा मृत फेला परेका छन् ।

युवकको घाटी रेटेर हत्या गरिएको अनुमान गरिएको छ । घटन आज मंगलबार दिउँसो भएको अनुमान गरिएको छ ।

उक्त घटना विद्यालयबाट घर फर्कदै गरेका विद्यार्थीहरूले देखेका थिए । विद्यार्थीहरूले बताए अनुसार विहान विद्यालय जाँदा घटना भएको ठाउँमा कुनै पनि त्यस्तो दृश्य नभएको र घर फर्कदाँ उक्त दृश्य देखेको बताएका छ्न् ।

मृतक युवकको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी लक्षमण शाहीले घटना स्थलमै गएर अनुसन्धान गरिरहेको जानकारी दिएका छ्न् ।

थप विवरण बाँकी