नेशनल माईक्रोफाईनान्स लघुवित्तको गुर्भाकोटमा समूह अध्यक्ष गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न

फागुन ३०,सुर्खेत । पुर्बी सुर्खेतका तिन पालिका गुर्भाकोट, लेकबेशी र भेरिगंगा नगरपालिकालाई सेवा दिने गरि गुर्भाकोट नगरपालिकामा शाखा स्थापना भएको थियाे ।

नेशनल माईक्रोफाईनान्स लघुवित्तले समूह अध्यक्ष गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको हाे ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मेहेलकुनामा कार्यक्रम सम्पन्न भएको थियो ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण कुमार बिकले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । समूह अध्यक्ष गोष्ठी तथा साक्षरता कार्यक्रममा सदस्य तथा कर्मचारीले प्रतिज्ञा समेत गरेका थिए ।

नेशनल माईक्रोफाईनान्स लघुवित्त बित्तिय सस्था मेहेलकुना शाखा प्रबन्धक एकानन्द न्यौपानेले स्वागत मन्तब्य राख्दै सस्था स्थापना भएदेखि हाल सम्म सस्थाले गरेको काम सस्थाको परिचय तथा उन्नति र प्रगतिको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा शाखा प्रबन्धक एकानन्द न्यौपानेले हाल सस्थामा १२५० जना शेर सदस्य रहेको र ५०० जना भन्दा बढी लाई करिब आठ करोड पचास लाख बराबर सस्थाले कर्जा दिएको बताउनु भयो, जसमा २ करोड बढी रकम महिला दिदि बहिनीको रहेको समेत उहाले बताउनु भयो । साथै उहाले १२-१५ जना लाई सुत्केरी खर्च दिएको र ५ जनालाई क्रिया खर्च समेत दिएको बताउनु भयो ।

नेशनल माईक्रोफाईनान्स लघुवित्त बितिय सस्थाका केन्द्रिय कार्यालय प्रतिनिधि बिष्णु कुमार बिश्वकर्माले सस्थाको केन्दिय कार्यालय देखि देश भरि चलि रहेका नेशनल माईक्रोफाईनान्स लघुवित्तका सस्थाको बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

हाल यस लघुवित्तको देशभरि १०३ वडा शाखा कार्यालय रहेको र डेढ लाख बढी सदस्य संख्या रहेको र यस लघुवित्त प्रति अझै जनताको बिश्वास बढ्दै गएको धारणा राख्नु भयो । पछिल्लो समय एताकता बजारमा लघुवित्तको ऋण मिनाह गराउने नाममा ५००-१००० सम्म रकम संकलन गर्ने र लघुवित्त खारेजीको माग राख्दै आन्दोलन गर्ने परिपाठी देखिएको भन्दै त्यो हुनै नसक्ने र कोहि कसैले लघुवित्त बाट ऋण लिएका लाई भ्रम चरणको लागि तेस्तो गरेको बताउनु भयो । साथौ उहाले चुलो चौकोमा सिमित महिलालाई लघुवित्तमा आबृद्द गराएर ऋण प्रबाह गरि ब्यबसाय संचालनमा ठुलो टेवा पुर्याएको समेत बताउनु भयो । लघुवित्तले ऋण मिनाह गर्ने भन्दा पनि ब्याजदर कम गर्ने र सावा तिर्ने समय केहि पर धकेल्न सक्ने समेत उहाको भनाई रहेको थियो ।

यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि किरण कुमार बिकले लघुवित्त मा आबृद्द भईसकेपछि मानिसमा कर्जा लिने पर्छ भन्नि सोच भएको र कर्जा लीई सकेपछि जुन शिर्षकमा कर्जा लिएको हो सोहि शिर्षकमा खर्च गर्यो भने मात्र कर्जा तिर्न सकिने भएकाले दायाँ बायाँ नगरी जुन उधेश्यका साथ कर्जा लिएको हो सोहि काम र ठाउँमा लगाउन अनुरोध गर्नुभएकाे थियो । साथै उहाले पनि बजारमा लघुवित्तको ऋण खारेजीको माग गर्दै हिडेको आफुले देखेको हुँदा यस्तो नगर्न आग्रह गरिएको र उल्टै आन्दोलनमा होमिएको देख्दा कता कता दुख को महसुस भएको बताउनु भयो । केहि लघुबित्तले जनताको घर घरमा गएर रकम संकलन गरेको भन्दै तेसो नगर्न र सके सम्म जनतालाइ सहज बनाएर ऋण प्रबाह गर्न र लगानी गर्न समेत उहाँले आग्रह गर्नु भएको थियो ।

सस्थाले बिभिन्न समुहलाई सम्मान समेत गरेको छ । उत्कृस्ट बचत, उत्कृस्ट उध्धमि,बचत तथा ऋण र अनुशासन गरि बिबिन्न विधामा उत्कृस्ट हुने लाई सम्मान गरेको हो । उत्कृस्ट बचत, अन्तर्गत ३ वटा समूह, उत्कृस्ट उध्धमि अन्तर्गत २ वटा समूह, बचत तथा ऋण अन्तर्गत पहिलो दोस्रो र तेस्रो गरि ३ वटा समूह र अनुशासनमा एउटा समूह लाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रम सस्थाका लेखापाल दिपक खनालले संचालन गर्नु भएको थियो । गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण कुमार बिक, प्रमुख अतिथि, केन्द्रिय कार्यालय प्रतिनिधि बिष्णु कुमार बिश्वकर्मा, बिशिस्ट अतिथि, विशेष अतिथिहरु कार्यपालिका सदस्य चितेंद्र बिक, लक्ष्मी शर्मा, ७ नम्बर वडा सदस्य सरस्वति थापा, १२ नम्बर वडा सदस्य हरिमाया घर्ति, प्रहरी चौकी मेहेलकुनामा कार्यरत हवल्दार गोपाल गुरुङ, सस्थामा आबृद्द सदस्यहरु, स्थानिय बुद्दिजिवि समाजसेवी, सस्थाका कर्मचारी र संचारकर्मीको उपस्थिति रहेको थियो ।